×

काकु माध्यमिक विद्यालय भेडाचौरले अक्षयकोष खडा गर्ने

मंसिर २४, २०७९ | दाक्सु मिडिया सम्वाददाता

काकु माध्यमिक विद्यालय भेडाचौरले अक्षयकोष खडा गर्ने भएको छ ।
सोलुखुम्बु माप्य दुधकोशी गाउपालिका चार स्थित काकु माध्यमिक विद्यालय भेडाचौरले आर्थिक विपन्न तथा जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति गर्न प्रत्येक वर्ष एस इ इ परिक्षामा उत्तीर्ण छात्र छात्रालाई पुरस्कृत गर्ने विद्यालय क्षेत्र भित्र विद्यार्थीहरुलाई आपतकालीन घटना भएमा तत्काल उद्धार गर्न र कक्षा १२ उत्तीर्ण गरि उत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई लोक सेवा आयोग तयारी कक्षा तथा माथिल्लो शिक्षा अध्यन गर्न प्रोत्साहन गर्ने विभिन्न उदेश्यका साथ कोष कडा गर्न लागेको हो ।
बैठकमा अक्षयकोषको रकम वृद्धि गर्ने भविस्यमा स्नातक तहको कक्षा सञ्चालनमा टेवा पुर्‍याउने उद्देश्यका साथ वि . व्य . स को बैठकले पारित गरी सहयोगको समेत अपिल गरेको छ ।
सम्पर्क न
वि . व्य .स अध्यक्ष सार्जन राई ९८५२८५१२३७
प्रधानाध्यापक विनोद वस्नेत ९८६०३२१२२२

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: