थुलुङ दुधकोशी गाउँपालिकाले माध्यमिक शिक्षा परीक्षामा उत्कृष्ट अंक प्राप्त गर्ने विद्यार्थीहरुलाई पुरस्कार प्रदान गर्ने

DaksuMedia दाक्सु मिडिया
|
२०८० चैत्र ९

सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकाले माध्यमिक शिक्षा परीक्षामा उत्कृष्ट अंक प्राप्त गर्ने विद्यार्थीहरुलाई पुरस्कार प्रदान गर्ने भएको छ । गाउँपालिका प्रवक्ता भोजराज कार्कीका अनुसार शैक्षिक सत्र २०८० को एस.ई.ई. को नतिजामा ३.६ वा सो भन्दा बढी र ४ भन्दा कम जिपिए प्राप्त गर्ने विद्यार्थीहरुलाई प्रति विद्यार्थी रु. २५ हजार र ४ जिपिए प्राप्त गर्ने विद्यार्थीलाई प्रति विद्यार्थी रु. १ लाख नगद सहित पुरस्कृत गर्ने निर्णय गरिएको छ । २०८० चैत्र ९ गतेको कार्यपालिकाको नियमित वैठकले सो निर्णय गरेको हो । गाउँपालिका अध्यक्ष असिम राईका अनुसार विद्यार्थीलाई प्रोत्साहन गर्ने, जेहेन्दार विद्यार्थीको लागि उच्च शिक्षामा सहयोग हुने साथै माध्यमिक शिक्षा स्थानीय सरकारको अधिकार क्षेत्र पर्ने हुनाले माध्यममिक शिक्षाको गुणस्तर अभिवृद्धिको लागि यो निर्णय गरिएको वताउनु भयो । गाउँपालिका शिक्षा शाखाका अनुसार थुलुङ दुधकोशी गाउँपालिकाभित्रका सामुदायिक विद्यालयका ३ सय जना भन्दा बढी विद्यार्थी यस शैक्षिक सत्रको एस.ई.ई. परिक्षामा सहभगी हुँदैछन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *