नेकपा एमालेका नव निर्बाचित ८ वटै स्थानिय तहका जनप्रतिनिधिहरुलाई सम्मान तथा बधाई ज्ञापन

DaksuMedia दाक्सु मिडिया
|
२०७९ असार ५

नेकपा एमाले सोलुखुम्बुको चौथो समिक्षा बैठकमा २०७९ को स्थानिय निर्वाचनमा ८ वटै स्थानिय तहका जनप्रतिनिधिहरुलाई सम्मान तथा बधाई ज्ञापन कार्यक्रम सम्पन्न गरेको छ ।

माप्यदुधकोशि गाउपालिकामा निर्बाचित अध्यक्ष बुद्दिकिरण राई, महाकुलुङ गाउपालिका वडा अध्यक्ष सरस्वती कुलुङ, कार्यपालिका सद्स्य दैलित राई, वडा अध्यक्ष प्रदिप राई र महलसिङ राई, नेचासल्यान गाउपालिकामा वडा अध्यक्ष राजन राई, सोताङ गाउपालिकामा वडा सद्स्य पदमा वीर कुमार राई, खुम्बु पासङ ल्हमु गाउपालिकाका कार्यपालिका सद्स्य तथा प्रबक्ता लाक्पा छिरि शेर्पा सम्मानित हुनु भएको थियो ।

२०७४ को स्थानिय निर्बाचनमा सोलुखुम्बुको ८ वटा स्थानिय तहमा २५ जना जनप्रतिनिधि निर्बाचित हुनु भएको थियो । भने २०७९ को निर्बाचनमा १८ जना मात्रै जनप्रतिनिधिहरुले जित सुनिस्चित गर्न सफल हुनु भएको हो । २०७४ को स्थानिय निर्बाचनमा प्रमुखमा ४ पालिकामा जित हासिल गरेको थियो भने २०७९ को स्थानिय निर्बाचनमा माप्यदुधकोशि गाउपालिका र खुम्बुपासाङ ल्हमु गाउपालिकामा मात्र प्रमुख पद आफ्नो पोल्टा राख्न सफल भएको हो । पहिलाको भन्दा अहिले पार्टीले हार बेहोर्नुको कमिकम्जोरि प्रति बैठकमा छलफल भइ रहेको अध्यक्षले बताउनु भयो ।
२०७९ को स्थानिय निर्बाचनमा घोषित र अघोषित गठबन्धन भएर पनि नेकपा एमालेको राम्रै मत आएको र आत्तिहाल्नु पर्ने अवस्था नरहेको केन्द्रिय सदस्य तथा कार्यक्रमका प्रमुख अतिथी मान वीर राइले जिकिर गर्नु भयो ।

नेकपा एमाले सोलुखुम्बुका अध्यक्ष डुफकुमार वास्तोला, केन्द्रीय सदस्य मानबिर राई, प्रदेश कमिटी सदस्य महेश किराँती, प्रदेस सांसद बुद्धि कुमार राज भण्डारी, अतिथि उत्तम वस्नेत लगायत अतिथिहरुले नव निर्बाचित जन प्रतिनिधिहरुलाई शुभकामना तथा सम्मान व्यक्त गर्नु भएको थियो ।
नेकपा एमाले सोलुखुम्बुको चौथो समिक्षा बैठक हिजो र आज जारि बैठक आज समापन हुने जिल्ला सचिब आश कुमार राईले जानकारी दिनु भयो ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *