नेकपा एमाले सोलुखुम्बुको चौथो बैठक सदरमुकाममा सुरु

DaksuMedia दाक्सु मिडिया
|
२०७९ असार ४

नेकपा एमाले सोलुखुम्बुको चौथो समिक्षा बैठक आज सदरमुकाममा सुचारु ।
नेकपा एमाले जिल्ला कमिटी सोलुखुम्बुको चौथो समिक्षा बैठक आज सदरमुकाममा आज सुचारु भएको छ ।

२०७९को स्थानिय निर्बाचनमा भएको हरेक क्षेत्रको कार्यहरुको समिक्षा गर्ने र पार्टीमा नव प्रबेशिलाई के स्थान दिने? चुनावी अभियानमा पाटीको नियम उलंघन गर्नेलाई के गर्ने भन्ने विषेश विषयमा समिक्षा हुने अध्यक्षले बताउनु भयो ।

नेकपा एमालेले २०७९को स्थानिय निर्बाचनमा ८ वटै स्थानिय तहमा नव निर्बाचित जनप्रतिनिधिहरुलाई बधाई तथा प्रशिक्षण दिने कार्यक्रम रहेको उल्लेख गर्नु भयो । सबै स्थानिय तहमा पार्टीका कार्यकर्ता, बुद्दिजिबि, पत्रकार सबैले सहरानिय भुमिका निर्बाह गरेकोमा धन्यवाद ज्ञापन सङै माप्य दुधकोशिका अध्यक्ष बुद्धि किरण राई गठबन्धनको बिचमा बिजय भएपछी सबैले उनको प्रशंसा समेत गरेका छन ।

नेकपा एमाले सोलुखुम्बुका पार्टी अध्यक्ष डुफकुमार वास्तोलाको अध्यक्षतामा भैरहेको बैठकमा नेकपा एमाले केन्द्रिय सदस्य मानबिर राई, प्रदेश १ सचिवालय सदस्य महेश किराँती, माप्य दुधकोशि गाउपालिका अध्यक्ष बुद्धिकिरण राई, कल्पना राई, जुनिता मगर लगायत जिल्लाको ८ वटै स्थानीय तहको जन निर्वाचित जनप्रतिनिधि, जिल्ला प्रदेश केन्द्रीय नेताको उपस्थित रहेको थियो ।

उक्त नेकपा एमालेको चौथो पुर्ण समिक्षा बैठक सोलुखुम्बुको सदरमुकाममा आज र भोलि जारि रहने जानकारि आयोजना जनाएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *