×

नेकपा एमाले नेचासल्यानको दोश्रो अधिबेशन सम्पन्न, बास्तोलाको अध्यक्षतामा ४९ सदस्यीय कमिटी सर्बसम्मत

जेष्ठ ५, २०८१ | दाक्सु मिडिया

सोलुखुम्बु।नेकपा एमाले नेचासल्यान गाउँपालिका कमिटीको दोश्रो अधिबेशनबाट ओमप्रसाद बास्तोला सर्बसम्मत रूपमा अध्यक्ष निर्बाचित भएका छन्।
नेकपा एमाले केन्द्रीय कमिटी सदस्य तथा सोलुखुम्बु इन्चार्ज किशोर अधिकारीको प्रमुख आतिथ्यमा शनिबार सम्पन्न अधिबेशनले बांँस्तोलाको अध्यक्षतामा ४९ सदस्यीय गाउँपालिका कमिटी सर्बसम्मत चयन गरेको निर्बाचन समितिले जनाएको छ।कमिटीको उपाध्यक्षमा कोषराज निरौला,सचिबमा देशबहादुर राई (देवकी) उपसचिवद्वयमा सन्तोष मगर र मिनकुमारी राई निर्बाचित भएका छन्।
कमिटीको सदस्यहरुमा सोमप्रसाद बास्तोला,शिवप्रसाद बास्तोला,धनबीर राई,चन्द्रकु‌मारी राई, प्रेम कुमारी विक,भिमकुमार राई,पर्बध्वज राई,थर्कनारायन कटेल,लेखनाथ बास्तोला,नृपध्वज राई,टाइमकुमारी बास्तोला,इन्द्रप्रसाद बास्तोला,सीर्जना राई,छत्र केसी,निन्जा राई,मिङमार सङे शेर्पा,आङ्की शेर्पा निर्बाचित भएका छन् ।
यसैगरी, प्रभुराम कार्की,कल्पना घिमिरे,सर्मिला खनाल,कोपिला बास्तोला,बालकृष्ण कटेल,ध्रुब भण्डारी,खेमराज कटेल,कमल प्रसाद आचार्य,फडिन्द्र खड्का,नवराज जमरकट्टेल,इशान राई,रत्न प्रसाद आचार्य,योगेन्द्र प्रसाद आचार्य,कोपिल प्रसाद भट्टराई,गोमादेवी ढुङेल,सुमन राई,निधिरत्न कटेल,नन्दमाया राई,आङतेञ्जी शेर्पा,खड्क कुमारी बिक,इन्द्रकुमार थापा मगर,पूर्णधन राई,झलक राई,गौतम राई,भुवन बास्तोला,एकनाथ भट्टराई पनि सदस्यमा निर्बाचित भएको घोषणा गरिएको छन।
अधिबेशन आयोजक समितिका संयोजक कोषराज निरौलाको अध्यक्षतामा सम्पन्न उद्घाटन सत्रमा शुभकामना मन्तव्य व्यक्त गर्दै प्रमुख अतिथि अधिकारीले राष्ट्र,राष्ट्रियता,जनताको हित र समुन्नतिका लागि नेकपा एमाले नेतृत्वको सरकारको विकल्प नरहेको बताउँदै ८४ सालको निर्बाचनमा तिनै तहमा बहुमत ल्याउने गरी नव निर्बाचित पार्टी कमिटीहरु परिचालित हुनुपर्ने बताउनुभयो।एमालेले हार्दा देशले हार्ने,प्रदेशले हार्ने,स्थानीय तहले हार्ने र जनताले हार्ने भएका कारण पार्टीको लक्ष्य प्राप्तिका लागि बिचार र दृष्टिकोणसहित सशक्त ढंगले अघि बढ्न सक्ने नेतृत्व चयन गर्न प्रतिनिधिहरुलाई आग्रह गर्नुभएको थियो।

नेकपा एमाले कोशी प्रदेश कमिटी सचिवालय सदस्य तथा संघीय इन्चार्ज महेश किराँतीले नेकपा एमाले पराजित हुँदा जनताले कस्तो किसिमको दूर्दशा भोग्नुपर्छ भन्ने एउटा गतिलो उदाहरण नेचासल्यान गाउँपालिकाको स्थानीय सरकार भएको बताउँदै निर्बाचित भएको दुई बर्षे कार्यकालमा कांग्रेसबाट निर्बाचित स्थानीय सरकारले नेचासल्यानमा गरेको देखिने एउटामात्रै काम शिक्षक सरुवा भएको टिप्पणी गर्नुभयो।

नेकपा एमाले जिल्ला कमिटी सोलुखुम्बुका अध्यक्ष डुफकुमार बास्तोलाले गत स्थानीय निर्बाचनपछि बिज्ञप्ति निकालेरै आफू पराजित भए पनि राजनीतिक जीत भएको टिप्पणी गरेको स्मरण गर्दै अहिले आएर त्यो प्रमाणित भएको दावी गर्नुभयो।अघिल्लो कार्यकाल नेचासल्यान गाउँपालिकाका अध्यक्षसमेत रहेका बास्तोला पछिल्लो निर्बाचनमा पराजित भएका थिए।उनले स्थानीय सरकारमा कांग्रेसको बहुमत रहे पनि नेचासल्यानमा आफू र आफ्ना आसेपासेहरुको गोजी भर्ने बाहेक अन्य काम केहि गर्न नसकेको वहाँले बताउनुभयो।नेचासल्यानको स्थानीय सरकारको कार्यकाल अन्योलैं अन्यौलताका बीचमा सकिने दावी गर्दै बास्तोलाले बर्तमान सरकारको अकर्मण्यता र कार्यशैलीले जनप्रतिनिधिकै बेइज्जत भएको आरोप लगाउनु भएको थियो।
नेकपा एमाले नेचासल्यान गाउँपालिका कमिटी सदस्य नवराज जमरकट्टेलले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटी उपाध्यक्ष आशकुमार राई ‘शिशिर’,सचिब कल्पना राई,उपसचिव मोहन कुमारी कार्की,युवा संघ नेपालका केन्द्रीय सदस्य प्रवेश किराँती,नेकपा एमाले नेचासल्यान गाउँपालिका कमिटीका इन्चार्ज बालकुमार भट्टराई र नेचासल्यान गाउँपालिका कमिटीका निवर्तमान अध्यक्ष जगनाथ बास्तोलाले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: