|
२०८३ भाद्र १४
नुवाकोट । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बाढी प्रभावितको उद्धार, राहत र पुनःस्थापनाका लागि सरकारले स्रोतको कमी हुन नदिने बताएका छन्।
नुवाकोटमा आयोजित सर्वपक्षीय छलफलमा उनले राहत वास्तविक पीडितसम्म पुर्याउन तीनै तहका सरकारबीच समन्वय आवश्यक रहेको बताए। बाढीका कारण सम्पर्कविहीन भएका स्थानमा तत्काल बेलिब्रिज राखिने पनि उनले जानकारी दिए।
सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले अहिले उद्धारसँगै शव सङ्कलन तथा व्यवस्थापनमा ध्यान केन्द्रित गरिएको बताए। सरकारसँग रहेका सात बेलिब्रिज आवश्यक स्थानमा जडान गर्ने तयारी भइरहेको उनको भनाइ छ।
राष्ट्रियसभा सांसद कृष्णप्रसाद अधिकारीले अब राहत सामग्री वितरणलाई प्राथमिकता दिन सरकारसँग आग्रह गरे।

दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्