|
२०८३ असार ३०
काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राजस्व क्षेत्र हेर्ने गरी एफसिए भोजन अर्याललाई अवैतनिक राजस्व सल्लाहकारमा नियुक्त गरेका छन्।
मन्त्रीस्तरीय निर्णयबाट नियुक्त भएका अर्याललाई अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा नियुक्तिपत्र प्रदान गरिएको हो। कार्यक्रममा अर्थमन्त्री वाग्लेले सरकारको १६ खर्ब रुपैयाँ राजस्व संकलन लक्ष्य हासिल गर्न अर्यालको अनुभव र विज्ञताबाट सहयोग पुग्ने विश्वास व्यक्त गरे।
नवनियुक्त सल्लाहकार अर्यालले आफ्नो अनुभव र दक्षताको प्रयोग गर्दै सरकारलाई प्रभावकारी सुझाव दिने प्रतिबद्धता जनाएका छन्। स्याङ्जा निवासी अर्याल १५ वर्षदेखि लेखापरीक्षण तथा परामर्श क्षेत्रमा सक्रिय छन्।

दाक्सु मिडिया




तपाईको प्रतिक्रिया दिनुहोस्