|
२०८३ भाद्र १३
काठमाडौं । नेपालमा बाढीपहिरोबाट ठूलो क्षति भएपछि यूएईमा आयोजना हुने भनिएको तीज विशेष कार्यक्रम स्थगित गरिएको छ। नेपाल एसोसिएसन–एनआरएनए एनसीसी यूएईले सेप्टेम्बर १३ का लागि तय गरेको कार्यक्रम हाललाई नहुने जनाएको हो।
मातृभूमिमा विपत्तिका कारण धेरै नेपाली प्रभावित भइरहेका बेला विदेशमा उत्सव मनाउनु उपयुक्त नहुने भन्दै कार्यक्रम स्थगित गरिएको एसोसिएसनले जनाएको छ। ब्लु प्लेसमा हुने कार्यक्रममा कलाकार भूमिका गिरीको सांगीतिक प्रस्तुति राख्ने तयारी थियो।
एसोसिएसनले विपत्तिमा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै प्रभावितको उद्धार, उपचार र पुनःस्थापनाका लागि सहयोग गर्न विदेशमा रहेका नेपालीलाई आग्रह गरेको छ।
कार्यक्रमको नयाँ मिति परिस्थितिको मूल्याङ्कनपछि सार्वजनिक गरिने जनाइएको छ।

दाक्सु मिडिया





तपाईको प्रतिक्रिया दिनुहोस्