चाडपर्वले नेपाली पहिचान जोगाउँछन्, संस्कृति संरक्षणमा बालेनको आग्रह

DaksuMedia दाक्सु मिडिया
|
कार्तिक २४, २०८३

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले नेपाल संवत् ११४७ तथा म्हः पूजाको अवसरमा शुभकामना दिँदै नेपाली मौलिक संस्कृति र परम्परालाई निरन्तरता दिन आग्रह गरेका छन्।

सामाजिक सञ्जालमार्फत सन्देश सार्वजनिक गर्दै उनले नेपाल संवत्लाई नेपालको मौलिक समयचक्र र पहिचानका रूपमा व्याख्या गरेका छन्। राष्ट्रिय विभूति शङ्खधर साख्वाःको योगदान स्मरण गर्दै उनले यसको ऐतिहासिक महत्वसमेत उल्लेख गरेका छन्।

म्हः पूजाले आत्मशुद्धि र आत्मचेतनाको सन्देश दिने बताउँदै प्रधानमन्त्री शाहले गोवर्द्धन पूजा, हलि तिहार तथा देउसी–भैलोजस्ता परम्पराले सामाजिक सद्भाव र एकतालाई बलियो बनाउने बताएका छन्।

उनले मौलिक चाडपर्व र सांस्कृतिक अभ्यासको संरक्षण गर्नु सबैको साझा जिम्मेवारी भएको सन्देश दिएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *