तिहार बिदामा मुस्ताङमा पर्यटकको चहलपहल

DaksuMedia दाक्सु मिडिया
|
कार्तिक २२, २०८३

मुस्ताङ । तिहार तथा छठ पर्वको लामो बिदाको अवसरमा हिमाली जिल्ला मुस्ताङ घुम्न जाने पर्यटकको सङ्ख्या बढेको छ ।

मौसम अनुकूल बन्दै गएपछि स्वदेशी तथा विदेशी पर्यटकको आगमन बढेको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ । प्रहरीका अनुसार कात्तिक १ देखि १५ गतेसम्म ३५ हजार ८५८ पर्यटक मुस्ताङ पुगेका छन् ।

तीमध्ये २७ हजार १०७ नेपाली र ८ हजार ७५१ विदेशी पर्यटक रहेका छन् । मुस्ताङ पुग्ने अधिकांश पर्यटकले मुक्तिनाथ मन्दिरको दर्शनसँगै लोमान्थाङ, कोरला नाका, कागबेनी र ढुम्बाताललगायत पर्यटकीयस्थलको भ्रमण गर्ने गरेका छन् ।

यसअघि खराब मौसम र सडक अवरोधका कारण प्रभावित बनेको मुस्ताङको पर्यटन क्षेत्रमा चाडपर्वको बिदाले चहलपहल बढाएको पर्यटन व्यवसायीहरूले बताएका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *