|
कार्तिक २६, २०८३
भोजपुर । बाली भित्र्याउने चटारोमा रहेका भोजपुरका किसानलाई असिना पानीले निराश बनाएको छ। बुधबार जिल्लाका विभिन्न स्थानमा परेको असिनासहितको वर्षाले खेतमा पाकेर पहेँलपुर भएको धानबालीमा क्षति पुर्याएको छ।
किसानका अनुसार कतिपय खेतमा धान काट्न बाँकी छ भने कतिपयले काटेर सुकाउन राखेका छन्। यस्तो अवस्थामा परेको असिनाले धान झर्ने, ढल्ने र खेतमै सुकाइएको बाली बिग्रने जोखिम बढाएको छ।
भोजपुर नगरपालिका–५ का किसान धनबहादुर थापाले असिना पानी फेरि दोहोरिए ठूलो क्षति हुन सक्ने चिन्ता व्यक्त गरेका छन्। मौसममा आएको अचानक परिवर्तनले यस वर्षको धान उत्पादन प्रभावित हुने हो कि भन्ने चिन्ता किसानमा बढेको छ।

दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्