उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने १ हजारभन्दा बढी कारबाहीमा

DaksuMedia दाक्सु मिडिया
|
२०८३ भाद्र ६

काठमाडौं, भदौ ६ — काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ट्राफिक नियम उल्लङ्घन गर्ने १ हजार १३९ चालक कारबाहीमा परेका छन्।

ट्राफिक प्रहरीका अनुसार मादक पदार्थ सेवन गरी सवारी चलाउने ५०, तीव्र गतिमा चलाउने १५६, लेन अनुशासन उल्लङ्घन गर्ने ९९ र रातो बत्ती मिच्ने ५७ चालक कारबाहीमा परेका छन्।

यस्तै, सीसीटीभीबाट ६७ तथा हर्न निषेध, एकतर्फी सडक र अन्य नियम उल्लङ्घनमा समेत चालकहरूलाई कारबाही गरिएको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *