उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने २२८ चालक कारबाहीमा

DaksuMedia दाक्सु मिडिया
|
२०८३ आश्विन १२

काठमाडौँ । काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने २२८ जना चालक पछिल्लो २४ घण्टामा कारबाहीमा परेका छन्।

ट्राफिक प्रहरीले गरेको नियमित जाँचका क्रममा मादक पदार्थ सेवन गरी सवारी चलाउने ८४ जना र सीसीटीभीबाट पहिचान भएका ३९ जना चालक कारबाहीमा परेका हुन्। त्यस्तै, रातो बत्ती उल्लङ्घन गर्ने ६ जनालाई पनि कारबाही गरिएको छ।

हर्न निषेध उल्लङ्घन गर्ने एक, अवस्था ठीक नभएको सवारी चलाउने एक, एकतर्फी सडकमा नियम मिच्ने दुई तथा अन्य कसुरमा ७५ जना चालक कारबाहीमा परेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *