लिग–२ अभियानको सुरुवात गर्दै नेपाल, पहिलो चुनौती नामिबिया

DaksuMedia दाक्सु मिडिया
|
२०८३ श्रावण ५

काठमाडौं । आईसीसी विश्वकप लिग–२ अन्तर्गतको त्रिदेशीय एकदिवसीय शृङ्खलामा नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज आफ्नो पहिलो खेल नामिबियाविरुद्ध खेल्दै अभियान सुरु गर्दैछ।

नेदरल्यान्ड्सको उट्रेख्तस्थित मैदानमा हुने प्रतिस्पर्धा नेपाली समयअनुसार दिउँसो २:४५ बजे सुरु हुनेछ। यस शृङ्खलामा नेपालले आयोजक नेदरल्यान्ड्स र नामिबियासँग दुई–दुई खेल खेल्ने तालिका रहेको छ।

विश्वकप लिग–२ को अंकतालिकामा शीर्ष चारभित्र रहने लक्ष्यका लागि नेपालका निम्ति यो शृङ्खला निकै महत्त्वपूर्ण मानिएको छ। पहिलो खेलमा सकारात्मक नतिजा निकाल्दै टोलीले आफ्नो अभियान बलियो बनाउने प्रयास गर्नेछ।

नेपालले त्यसपछि जुलाई २३ मा नेदरल्यान्ड्ससँग, जुलाई २७ मा पुनः नामिबियासँग र जुलाई २९ मा फेरि नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्दै शृङ्खला सम्पन्न गर्ने कार्यक्रम छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *