लिग–२ सिरिजमा अमेरिकासँग प्रतिस्पर्धा गर्दै नेपाल, जितका लागि निर्धारण

DaksuMedia दाक्सु मिडिया
|
२०८२ कार्तिक १५

काठमाडौं । आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेपाल आज अमेरिकासँग खेल्दैछ। दुबई अन्तर्राष्ट्रिय रंगशालामा बिहान सवा ११ बजे हुने यो खेल नेपाल र अमेरिकाबीचको दोस्रो एकदिवसीय हो। पहिलो खेलमा नेपाल अमेरिकासँग १०६ रनले पराजित भएको थियो।


अघिल्ला दुई खेलमा पराजित नेपाल आजको खेलमा जित निकाल्दै लिगमा पुनरागमन गर्ने लक्ष्यमा छ। नेपाली टोलीमा भीम सार्की, अनिलकुमार साह र साहब आलम नयाँ रूपमा समावेश छन् भने टी–२० टोलीका लोकेश बम, सन्दीप जोरा र आदिल अन्सारी एकदिवसीयमा छैनन्।


५ नोभेम्बरमा युएईविरुद्ध अन्तिम खेल खेलेर नेपाली टोली स्वदेश फर्कनेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *