आईसीसी क्रिकेट विश्वकप लिग–२ शृङ्खलामा नेपाल ओमानसँग १०२ रनले पराजित

DaksuMedia दाक्सु मिडिया
|
२०८३ बैशाख १६

काठमाण्डौँ । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिदेशीय एकदिविसीय शृङ्खलामा नेपाल ओमानसँग डीएसएल पद्धतिमा १०२ पराजित भएको छ । लिग–२ मा नेपालको यो १४औँ हार हो ।

कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा आज ओमानले दिएको ३०६ रनको लक्ष्य पछ्याएको नेपालले ३६ ओभर ५ बलमा ७ विकेट गुमाएर १५५ रन बनाउँदा खेल वर्षाका कारण प्रभावित भएको थियो । त्यसपछि खेल शुरू हुन नसकेपछि नेपला पराजित भएको हो । नेपालका दीपेन्द्रसिंह ऐरीले ६० रन बनाए । ओमानका नदीम खानले ३ विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङ गरेको ओमानले ५० ओभरमा ८ विकेट गुमाएर ३०५ रन बनायो ।

घरेलु मैदानमा भइरहेको लिग–२ शृङ्खलाको पहिलो खेलमा गएको शनिवार नेपालले संयुक्त अरब इमिरेट्स (यूएई) लाई ३७ रनले हराएको थियो । यस्तै अस्ति सोमवार भएको खेलमा यूएईले ओमानलाई २५ रनले हराएको थियो । अहिले खेलिरहेका ३ वटै टोलीले २–२ खेल खेल्नेछन् ।

८ वटा देश सहभागी लिग–टुमा नेपाल २२ खेलबाट १४ अङ्कका साथ तालिकाको सातौँ स्थानमा छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *