|
२०८३ आश्विन २६
चितवन । वर्षायामका कारण तीन महिनाभन्दा बढी समयदेखि बन्द रहेको चितवन राष्ट्रिय निकुञ्जभित्रको जिप सफारी पुनः सञ्चालनमा आएको छ। असोज २३ गतेदेखि सफारी खुला गरिएको निकुञ्जले जनाएको छ।
बाढीले क्षति पुर्याएका सडक मर्मत, ढलेका रूख हटाउने र झाडी सफा गर्ने काम सकिएपछि पर्यटकका लागि सफारी सुरु गरिएको हो। निकुञ्जमा पर्यटकले जिपमार्फत एकसिङ्गे गैँडा, पाटेबाघलगायत वन्यजन्तु अवलोकन गर्न सक्नेछन्।
सौराहा, कसरालगायत विभिन्न क्षेत्रबाट जिप सञ्चालन हुँदै आएका छन्। सफारी पुनः सुरु भएसँगै चितवन घुम्न आउने पर्यटकले निकुञ्जभित्रै वन्यजन्तु अवलोकन गर्न पाउने भएका छन्।

दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्