दुईदिने बिदापछि चितवन निकुञ्जमा आन्तरिक पर्यटकको आकर्षण बढ्यो

DaksuMedia दाक्सु मिडिया
|
२०८३ असार ४

चितवन । सातामा दुई दिन सार्वजनिक बिदा दिने सरकारी निर्णयपछि चितवन राष्ट्रिय निकुञ्ज भ्रमण गर्ने आन्तरिक पर्यटकको संख्या उल्लेख्य रूपमा बढेको छ।

निकुञ्ज प्रशासनका अनुसार चालु आर्थिक वर्षको जेठ मसान्तसम्म ४८ हजारभन्दा बढी नेपाली पर्यटकले निकुञ्ज भ्रमण गरेका छन्, जुन गत वर्षको सोही अवधिको तुलनामा निकै बढी हो।

जीप सफारी, पैदल भ्रमण तथा वन्यजन्तु अवलोकनका लागि पर्यटकको आकर्षण बढ्दै गएको छ। एकसिङ्गे गैँडा, बाघ, घडियाल गोही लगायतका दुर्लभ वन्यजन्तु हेर्न देशका विभिन्न स्थानबाट पर्यटक चितवन पुग्ने गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *