कांग्रेसलाई एकताबद्ध बनाउने उदयशम्शेरको प्रतिबद्धता

DaksuMedia दाक्सु मिडिया
|
२०८३ आश्विन २६

काठमाडौं । नेपाली कांग्रेसका नवनिर्वाचित महामन्त्री उदयशम्शेर राणाले पार्टीभित्रको प्रतिस्पर्धालाई बिर्सेर एकताबद्ध रूपमा अघि बढ्न आह्वान गरेका छन्। खुलातर्फ महामन्त्रीमा २ हजार ३३० मतसहित निर्वाचित भएपछि उनले पार्टीलाई बलियो बनाउने जिम्मेवारी सबैको साझा भएको बताएका हुन्।

राणाले आफूलाई विश्वास गरेर मत दिने महाधिवेशन प्रतिनिधिलाई धन्यवाद दिँदै प्राप्त जिम्मेवारी पार्टीको रूपान्तरण र संगठन विस्तारमा लगाउने प्रतिबद्धता जनाएका छन्।

निर्वाचनमा प्रतिस्पर्धा गरेका सबै पक्षको विचार र अनुभवलाई पार्टीको सम्पत्तिका रूपमा लिनुपर्ने उनको धारणा छ। कांग्रेसलाई समयअनुकूल र जनताप्रति उत्तरदायी बनाउँदै समुन्नत नेपाल निर्माणको अभियानमा अघि बढ्ने उनले बताएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *