काठमाण्डौँ । विद्युतीय सवारी चालक अनुमति पत्र (लाइसेन्स) लगायतका सेवा पुनः बन्द भएको छ ।
कात्तिक १६ गतेबाट विद्युतीय सवारी चालक अनुमति पत्र (लाइसेन्स) र सवारी दर्ता सेवा आंशिक रुपमा सुरु गरेको यातायात व्यवस्था विभागले शुक्रबार सूचना जारी गर्दै अर्को सूचना प्रकाशित नहुँदासम्म सेवा बन्द रहने जनाएको छ ।
‘यस विभागमा रहेको डाटा सेन्टरमा प्राविधिक समस्या देखा पर्न गएका कारण २०८२ कार्तिक १६ गतेबाट आंशिक रुपमा संचालनमा रहको इलेक्ट्रोनिक ड्राइभिङ लाइसेन्स तथा applydlnew.dotm.gov.np प्रणाली मिति २०८२/०७/२८ देखि अर्को सूचना प्रकाशित नहुँदासम्म बन्द रहने व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि अनुरोध छ,’ सूचनामा भनिएको छ ।
प्रणालीमा पुगेको क्षतिका कारण त्यो समयदेखि विद्युतीय सवारी चालक अनुमति पत्र र सवारी दर्तालगायतको सेवा अवरुद्ध भएको थियो तर १६ गतेबाट आंशिक रुपमा सुरु भएको सेवा पनि बन्द भएको हो ।

दाक्सु मिडिया








तपाईको प्रतिक्रिया दिनुहोस्