गैंडा मुद्दामा आठ वर्ष जेल बसेर छुटेका व्यक्ति फेरि ‘खाग’ बेच्दै गर्दा पक्राउ

DaksuMedia दाक्सु मिडिया
|
२०८१ असार १०

चितवन : दुर्लभ वन्यजन्तु एकसिंगे गैंडालाई गोली हानी घाइते बनाएको आरोपमा पक्राउ परेर आठ वर्ष जेल बसेर छुटेका एक जना व्यक्ति खाग जस्तो देखिने वस्तु बिक्री गर्न लागेको आरोपमा फेरि फक्राउ परेका छन् । भरतपुर महानगरपालिका–२८ मेघौलीका ४० वर्षीय सन्तबहादुर पनि भनिने पंकज कुमालको साथबाट निकुञ्जको टोलीले गएको वैशाख २८ गते खागजस्तो देखिने वस्तु बरामद गरेको थियो ।

पंकजलाई यसअघि गैंडालाई गोली हानी घाइते बनाएको मुद्दामा आठ वर्ष जेल र ५० हजार रुपैयाँ जरिवाना भएको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी रहेका संरक्षण अधिकृत गणेशप्रसाद तिवारीले बताए । सजाय पूरा गरी उनी ७५ सालमा छुटेको तिवारीले जानकारी दिए । प्रहरीले पंकजसँगै नौजनालाई समाएर असार नौ गते आइतबार चितवन जिल्ला अदालतमा मुद्दा दायर गरेको छ ।

अनुसन्धानका क्रममा उनीहरूले नक्कली खाग बनाएर बिक्रीका लागि लैजाँदै गरेको अवस्थामा पक्राउ परेको खुलेको तिवारीले बताए । त्यसैले उनीहरूविरुद्ध खाग खरिद बिक्री कसुर अन्तर्गत उद्योगमा मुद्दा दायर गरेको तिवारीको भनाइ छ । यस्तो कसुर गर्नेलाई मुख्य कसुरमा हुने आधा सजाय तोकिने कानुनी व्यवस्था भएको उनले बताए । गैंडा मुद्दामा अधिकतम १० लाख रुपैयाँ जरिवाना या १५ वर्ष कैद वा दुवै सजाय हुने व्यवस्था छ ।

त्यसैगरी जैमनी–७ का २८ वर्षीय कमल राना, जैमनी–९ का ३६ वर्षीय खड्कबहादुर थापा र स्याङ्जा निरकोट घर भई हाल बुटबल–४ का बस्ने गरेका ४७ वर्षीय कुलबहादुर बुढाथोकीलाई पनि निकुञ्जको टोलीले पक्राउ गरी मुद्दा दायर गरेको छ । भरतपुर महानगरपालिका–९ मा शंकास्पद गतिविधि गरी रहेका केही व्यक्तिलाई निगरानी राख्दै जाँदा भरतपुर–२३ मा कालो झोलामा सामान बोकेर आएको व्यक्ति भेटिएको र खान तलासी गर्दा खाग जस्तै देखिने वस्तु बरामद भएको सूचना अधिकारी तिवारीले बताए ।यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो

निकुञ्जले पंकजसहित चितवन राप्ती नगरपालिका–३ सुन्दरवस्तीका ३३ वर्षीय बालकुमार राई, नवलपरासी बर्दघाट नपा–८ भानुनगरका ३५ वर्षीय देवबहादुर परियार, रुपन्देही बुटवल उपमहानगरपालिका–७ कालिका टोलका ३८ वर्षका धनबहादुर बानियाँ र बुटबल–११ आनन्दपथका ५१ वर्षीय कृष्णराज पाण्डे क्षेत्री तथा बाग्लुङ जैमनी–१० राङखानीका ३८ वर्षीय नगेन्द्र थापा रहेका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *