चितवन राष्ट्रिय निकुञ्जमा पोथी गैँडा मृत फेला

DaksuMedia दाक्सु मिडिया
|
२०८१ कार्तिक ६

चितवन : नवलपरासी पूर्व नवलपुरमा झण्डै चार वर्षको पोथी गैँडा मृत फेला परेको छ। चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्ने नवलपरासी पूर्वको मध्यविन्दु नगरपालिका–१२ मा एउटा पोथी गैँडा मृत फेला परेको निकुञ्ज प्रशासनले जनाएको छ।

स्थानीय अरुण खोला दोभानमा सोमबार झण्डै चार वर्षको पोथी गैँडा मृत फेला परेको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरले जानकारी दिए।

जंगल क्षेत्रमा अर्को गैँडासँग जुध्दा उक्त गैँडा मरेको अनुमान गरिएको छ। मृत गैँडाको शरीरमा चोटपटक देखिएको छ। गैँडाको खाग र खुर भने सुरक्षित रहेको मगले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *