जनकपुरमा टिपरको ठक्करले २० वर्षीय युवकको ज्यान गयो

DaksuMedia दाक्सु मिडिया
|
कार्तिक २७, २०८३

काठमाडौँ : धनुषाको जनकपुरधामस्थित पिडारीचोकमा टिपरको ठक्करबाट एक स्कुटर चालकको मृत्यु भएको छ।

रत्नसागरतर्फ जाँदै गरेको स्कुटरलाई पछाडिबाट आएको टिपरले ठक्कर दिँदा महोत्तरीका २० वर्षीय नवीन चौधरीको घटनास्थलमै ज्यान गएको हो।

दुर्घटनापछि प्रहरीले टिपर चालक २२ वर्षीय सचिनकुमार सिंहलाई नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *