|
कार्तिक २६, २०८३
हेटौँडा । मकवानपुरको भीमफेदीमा बिहीबार बिहान भएको हाइस दुर्घटनाले ठूलो मानवीय क्षति पुर्याएको छ। काठमाडौँबाट सर्लाही जाँदै गरेको हाइस चिसापानी गढीस्थित सडकबाट करिब ५०० मिटर तल खस्दा १० जनाको मृत्यु भएको हो।
बिहान ५ः४५ बजे भएको दुर्घटनामा पाँच जना घाइते भएका छन्। मृतकमा तीन महिला, पाँच पुरुष र दुई बालिका रहेका छन् भने घाइते हुनेमा दुई बालक र तीन पुरुष छन्।
मधेस प्रदेश ०३–००१ ज ०८८० नम्बरको उक्त गाडीमा चालकसहित १५ जना सवार रहेको प्रहरीले जनाएको छ।

दाक्सु मिडिया










तपाईको प्रतिक्रिया दिनुहोस्