|
कार्तिक २६, २०८३
हेटौँडा । मकवानपुरको भीमफेदीमा भएको इभी दुर्घटनामा मृत्यु भएका चालकको परिचय खुलेको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार चालक सर्लाहीको कविलासी नगरपालिका–८ का रविशङ्कर कुमार मण्डल हुन्।
बिहीबार बिहान काठमाडौँबाट सर्लाही जाँदै गरेको इभी भीमफेदी–६ चिसापानीगढीमा सडकबाट करिब ५०० मिटर तल खसेको थियो।
दुर्घटनामा १० जनाको मृत्यु भएको छ भने छ जना घाइते भएका छन्। घाइतेहरूको हेटौँडा अस्पतालमा उपचार भइरहेको छ। दुर्घटनामा ज्यान गुमाउने अन्य व्यक्तिको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।

दाक्सु मिडिया










तपाईको प्रतिक्रिया दिनुहोस्