योगेश भट्टराईको सन्देश: निर्णयबाट नआत्तिन नेता–कार्यकर्तालाई आग्रह

DaksuMedia दाक्सु मिडिया
|
२०८२ माघ ४

काठमाडौं । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले पार्टीले गरेको उम्मेदवारसम्बन्धी निर्णयलाई लिएर असन्तुष्ट वा विचलित नहुन नेता–कार्यकर्तालाई आग्रह गरेका छन्।

बिहीबार बसेको एमाले सचिवालय बैठकले देशभरका विभिन्न स्थानका लागि उम्मेदवार टुंगो लगाएपछि सार्वजनिक प्रतिक्रियाहरू आउन थालेका छन्। यसै सन्दर्भमा भट्टराईले सामाजिक सञ्जालमार्फत पार्टी पंक्तिलाई एकताबद्ध रहन र आधिकारिक उम्मेदवारको पक्षमा सक्रिय हुन आह्वान गरेका हुन्।

उनले पार्टीको निर्णयलाई सम्मान गर्दै अझ बलियो मनोबलका साथ एमालेका उम्मेदवारहरूलाई विजयी गराउन आ–आफ्नो स्थानबाट योगदान गर्नुपर्ने बताएका छन्। भट्टराईले एमालेको यात्रा दीर्घकालीन र गौरवपूर्ण रहेको उल्लेख गर्दै आन्तरिक एकता नै सफलताको आधार हुने धारणा व्यक्त गरेका छन्।

ताप्लेजुङबाट निरन्तर निर्वाचन लड्दै आएका भट्टराईको नाम भने हालको बैठकले सार्वजनिक गरेको सूचीमा समावेश गरिएको छैन। उक्त क्षेत्रको उम्मेदवार अध्यक्ष केपी शर्मा ओलीले पछि टुंगो लगाउने भन्दै खुला राखिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *