भीम रावललाई योगेश भट्टराईको आग्रहः अझै धैर्य गर्नुस्, केन्द्रीय कमिटीले पुनर्विचार गर्नसक्छ!

DaksuMedia दाक्सु मिडिया
|
२०८१ पुष १८

काठमाडौँ : नेकपा एमालेका सचिव योगेश भट्टराईले नेता भीम रावलले चाहेमा पार्टीमा फर्किने सम्भावना अझै रहेको बताएका छन्। नेता रावलले पत्रकार सम्मेलन गरी आफ्नो आगामी राजनीतिक यात्राबारे घोषणा गरेको दिन बुधबार एक टीभीलाई अन्तवार्ता दिँदै रावलको निष्कासनमा केन्द्रीय कमिटीले पुनर्विचार गर्न सक्ने दाबी गरेका हुन्।

‘जहाँसम्म उहाँले नयाँ पार्टी खोल्छु भन्नुभाछ, त्यो त उहाँको अधिकारको कुरा हो, उहाँलाई मेरो सुझाव के हो भने अझै पनि तपाईं धैर्य गर्नुस्, केन्द्रीय कमिटीलाई पुनर्विचार गर्ने अधिकार छ, तर उहाँले चाहनुपर्छ’, भट्टराईले अन्तर्वार्तामा भनेका छन्, ‘उहाँले चाहनुभयो भने केन्द्रीय कमिटीले पुनर्विचार गर्न नसक्ने त होइन नि।’

यही पुस १० गते एमाले सचिवालय बैठकले रावललाई साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निकालेको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *