योगेश भट्टराईद्धारा एमाले पुनर्गठनको अपिल

DaksuMedia दाक्सु मिडिया
|
२०८२ आश्विन ९

काठमाण्डौँ । नेकपा एमालेका सचिव योगेश भट्टराईले पार्टी पुनःगठनको अपिल गरेका छन् । भिडियो सन्देश सार्वजनिक गर्दै भट्टराईले जेनजी विद्रोहपछि बदलिएको अवस्थालाई मनन् गरी पार्टी पुनःगठनको अभियानमा साथ दिन अपिल गरेका हुन् ।

संकटका बेला आन्दोलन र पार्टी पुनर्गठन भएका थुप्रै उदाहरण रहेको पनि भट्टराईले उल्लेख गरेका छन् । जस क्रममा १९ माघको घटनापछि एमालेकै पुनर्गठन भएको सन्दर्भ समेत उनले राखेका छन् ।

‘१९ माघ २०६१ मा तत्कालीन राजा ज्ञानेन्द्रले संविधान र लोकतान्त्रिक प्रणालीमाथि ‘कू’ गर्दा पनि समाज र पार्टीमा आजको जत्तिकै सन्नटा छाएको थियो ।

पार्टी पुनर्गठनले नेतृत्वको समेत सम्मान भएको प्रसंग भट्टराईले सम्झेका छन् । तर कमजोरीलाई नस्वीकार्दा अरूलाई लाभ पुग्ने पनि उनले बताएका छन्।

‘लेनिनले भन्नु भएको छ( क्रान्तिकारी आन्दोलनले आफ्ना कमजोरीलाई स्वीकार नगरेसम्म सुधार र प्रगति सम्भव हुँदैन । कमजोरी लुकाउनु भनेको दुश्मनलाई बलियो बनाउन सहयोग गर्नु हो,’ भट्टराईले भनेका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *