×

बालेनलाई योगेश भट्टराईको चेतावनी: काठमाडौं महानगरपालिकाको प्रमुख हुँ भन्ने नभुल्नुहोस्

जेष्ठ २२, २०८१ | दाक्सु मिडिया

काठमाडौँ : नेकपा एमालेका सचिव योगेश भट्टराईले काठमाडौंका मेयर बालेन्द्र साह (बालेन) ले संयमता गुमाउँदै गएको बताएका छन्। मंगलवार प्रतिनिधि सभाको बैठकको विशेष समयमा बोल्दै सचिव भट्टराईले मेयर साहले एमाले अध्यक्ष ओलीले दिएको तबला उपहार करुणा,प्रेम,सद्भाव र संयमता कायम गर्न भएपनि प्रमुखले संयमता गुमाउँदै गएको बताए।

उनले प्रमुख साहले तबेलाको धुनमा काम गर्नुपर्नेमा विपरित रुपमा अगाडि बढेको र मेयर साहलाई आफू काठमाडौं महानगरपालिकाको प्रमुख हुँ भन्ने नभुल्न चेतावनी दिए। उनले संविधानले नै हरेक व्यक्तिको सीमा र अधिकार तोकेको बताए। यस्तै,उनले काठमाडौं महानगरपालिका र सडक विभागबीच मतभेदहरु उत्पन्नहरु हुँदा दोष एमाले र एमालेका अध्यक्षले बोक्नुपर्ने ? भन्दै प्रश्न गरे।

नले भने,‘बोलेन्द्र साहले संगितको ड्रम बजाएर नै आउनु भएको थियो। तर अध्यक्षले सोच विचार गरेर तबेला दिनुभयो। मेयरलाई तबेलाको धुनमा काम गर्नुस्। तबेलाको अर्थ हो। कुरुणा,प्रेम,सदभाव र सम्यमता हो। तर काठमाडौं महानगरपालिका प्रमुखले सम्यमता गुमाउँदै जानु भएको छ। काठमाडौं महानगर मुलुकको राजधानी हो। महानगरपालिका जनप्रतिनिधि काठमाडौंको सभ्यताको प्रतिनिधित्व गर्छ। नेपालको सभ्यताको प्रतिनिधित्व गर्छ। ऋषीमुनी र बुद्धले बनाएको सभ्यता छ। आज त्यो सभ्यातामाथि धावा बोलिदै छ। २०५४ सालमा एमालले २०५४ सालमा महानगरपालिकाको निर्वाचन जितेपछि काठमाडौंलाई सभ्य सहर बनाउने सफा सहर बनाउने र वैकल्पिक बाटोहरु खोल्नको निम्ति बागमती,विष्णुमति,मनोहरा करिडोर बनायौं। खुसीबु जग्गा पल्यानिङ,टाउनपल्यानिङ गरौं।

नयाँ शहर बनाउने थालनी गरेका हौं। काठमाडौंका बाटा चौडा बनायौं। माइतीघरमण्डला,तीनकुने चौडा बनाउने कुरामा भुमिका खेल्यौं। विद्यासुन्दर शाक्य मेयर भएर आएपछि काठमाडौंको भुकम्पपछिको निर्माणमा उल्लेखिय भूमिका खेल्यौं। रानीपोखरी,कमलपोखरी,दरबार स्कुल,काठमाडौं दरबार स्वयेर पुनर्निर्माण गरौं। काठमाडौं महानगरका प्रमुखलाई सहयोग गर्न तयार छौं। मेयर बोलन जीलाई भन्न चाहन्छु पैसा कति चाहियो। सरकार दिन तयार छ। प्रधानमन्त्री,अर्थमन्त्रीलाई भनौला काठमाडौंलाई अझ सुन्दर बनाउन तपाईका योजना के छन्। आउनुस हामीसँगै काम गरौंला। तर उत्तेजना फैल्याएर,उश्रृखल गतिविधि गरेर होएन। तपाईमार्फत लाखौ युवाहरुले यो देशको भविष्य खाजेका हुन्। लाखौं युवाहरुले आफ्नो भविष्य,सपना तपाई मार्फत खोजेका हुन। पछिल्लो दिनमा तपाई जसरी जाँदै हुनुहुन्छ। ती युवाहरु माथिको सपनालाई र मुलुकलाई धोका दिँदै हुनुहुन्छ।’

‘मेयरले नेताहरु जेल बसेको कुरालाई मज्जाकले उडाउनु भयो। हामीलाई दुख लागेको छ। केपी ओली,शेरबहादुर देउवा,पुष्पकमल दाहाल, माधव नेपाल,महन्त ठाकुर,अशोक राई,उपेन्द्र यादव लगायत अग्रभावमा हुनेहरु जेल बसेर यो व्यवस्था ल्याएका हुन्। त्यस बापत काठमाडौं महानगरको मेयर तपाई हुनुभएको छ। ती नेताहरुको जेल बसाईलाई मज्जाक उडाउने। हामी भन्न चाहन्छौं। जो मान्छे जसले इतिहास माति गर्व गर्न सक्छ। यसरी तपाईले भण्डाफोर गर्ने हो भने आफ्नै आमा माथि तपाईले चिथोर्दै हुनुहुन्छ। तपाई आफ्नै आमाको अस्मिता माथि प्रश्न उठाउँदै हुनुहुन्छ। तपाई काठमाडौं महानगरपालिकाको मेयर हो भन्ने कुरा नभुल्नको लागि आग्रह गर्न चाहन्छु,’ उनले भने।

यसैबिच उनले नेताहरू जेल बसेको कुरालाई खिसिट्युरीका रुपमा उडाएको भन्दै असन्तुष्टि जनाए। देशमा यो व्यवस्था ल्याउनको लागि मरिमेटेका नेता र एमालेको नेतृत्वमाथि गालीगलौज गर्नु आफैँ आकाशतिर फर्किएर थुक्नु जस्तो भएको उनको भनाइ छ।

उनले नेकपा एमाले अहिलेसम्म भएका हरेक घटनामा छानविनको लागि तयार रहेको र कसैले पनि एमालेमाथि कसी लगाउन नपर्ने बताए। उनले महाभारतमा अभिमन्युलाई घेराभित्र राखेर मार्न खोजिएको जस्तै तीन वर्ष एमालेलाई घेरबन्दी गर्न खोजिएको तर आजको आधुनिक एमाले र एमाले अध्यक्ष केपी ओली आजको अभिमन्यु भएको दाबी गरे।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: