|
२०८२ कार्तिक १०
काठमाडौं । नेकपा (एमाले)का नेता योगेश भट्टराईले छठ पर्वको अवसरमा शुभकामना सन्देशमा चेतावनी दिएका छन् कि राजनीतिलाई रोक्ने प्रयास गर्दा ठूलो वितण्डा आउन सक्छ।
उनले प्रकृतिको बहाव रोक्दा हुने विध्वंशको उदाहरण दिँदै पार्टी र समाजमा राजनीतिक प्रक्रियालाई सहज रूपमा अगाडि बढ्न दिनुपर्ने बताए।
भट्टराईले गत भदौमा भएको जेनजी आन्दोलनबाट सबैले पाठ सिक्नुपर्ने र देशलाई लोकतान्त्रिक अभ्यासमा फर्काएर संविधानलाई क्रियाशील बनाउनुपर्ने बताए।
उनले सबै राजनीतिक शक्ति र नयाँ शक्तिबीच सहकार्य गरेर देशलाई सही दिशामा लैजानुपर्ने आवश्यकता औँल्याए।


दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्