महाधिवेशनपछि एमाले सचिवालयको पहिलो बैठक

DaksuMedia दाक्सु मिडिया
|
२०८२ पुष १३

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बिहान ११ बजे बस्दैछ। हालै सम्पन्न ११औं महाधिवेशनबाट नयाँ नेतृत्व चुनेपछि बस्न लागेको यो महाधिवेशनपछिको पहिलो सचिवालय बैठक हो।

बैठकमा देशभरबाट प्राप्त समानुपातिक तर्फका उम्मेदवारहरूको विवरणबारे छलफल हुने बताइएको छ। एमालेले समानुपातिक प्रतिनिधित्वका लागि बन्दसूची तयार पार्ने उद्देश्यले विभिन्न जिल्लाबाट नाम संकलन गरिरहेको छ।

यसक्रममा आएकाहरूको नाम सूचीकृत गर्ने, समायोजन गर्ने र अन्तिम चरणतर्फ अघि बढाउने विषय बैठकको प्रमुख कार्यसूची रहने पार्टी स्रोतले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *