|
२०८२ आश्विन २४
भक्तपुर । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज बिहान ११ बजे भक्तपुरको गुण्डुमा बस्दैछ। बैठकमा समसामयिक राजनीतिक अवस्था, पार्टीका आन्तरिक विषयहरू र आगामी केन्द्रीय कमिटी बैठकका एजेन्डाहरू तय गरिनेछ।
यसअघि असोज १९–२० गतेका लागि तय गरिएको बैठक वर्षाका कारण स्थगित भएको थियो। अब केन्द्रीय कमिटी बैठक असोज २९ देखि ३१ गतेसम्म बस्नेछ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रदेश, जिल्ला र प्रवासका अध्यक्षहरूसँग गरेको भर्चुअल बैठकको जानकारी पनि बैठकमा दिने तयारी गरिएको छ। च्यासलस्थित पार्टी कार्यालयमा भएको आगजनी र तोडफोडका कारण बैठक स्थल परिवर्तन गरिएको हो।


दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्