यी विषयमा छलफल गर्न बस्दैछ एमाले सचिवालय बैठक

DaksuMedia दाक्सु मिडिया
|
२०८२ आश्विन २४

काठमाडौं । नेकपा (एमाले) को ५८औं सचिवालय बैठक आज शुक्रबार बिहान ११ बजे अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा बस्दैछ। बैठकले असोज २७–२९ मा हुने केन्द्रीय कमिटी बैठकको कार्यसूची तय गर्नुका साथै हालको राजनीतिक अवस्थाबारे सचिवालय सदस्यहरूको धारणा सुन्नेछ।

पार्टीभित्र नेतृत्व परिवर्तन र पुनर्गठनको माग चुलिंदै गएको छ। उपाध्यक्ष सुरेन्द्र पाण्डे, सचिव योगेश भट्टराईलगायत नेताहरूले ओलीको राजीनामाको माग राख्ने संकेत दिएका छन्।

ओली पक्षले भने यस्तो मागलाई ‘प्रतिक्रियावादीको एजेन्डा’ भन्दै खारेज गर्दै आएको छ। बैठकमा ओलीले हालै सम्पन्न प्रदेशस्तरीय भर्चुअल छलफलबारे पनि जानकारी दिने कार्यक्रम छ। एमालेले संसद पुनःस्थापनाको मागसहित सडक आन्दोलनको तयारी गरिरहेको विषयमा पनि छलफल हुने छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *