|
२०८२ आश्विन २०
काठमाण्डौँ । नेकपा (माओवादी केन्द्र) को सचिवालय बैठक सुरु भएको छ ।
केन्द्रीय कार्यालय पेरिस डाँडामा बसेको बैठकले जेनजी विद्रोहपछिको राजनीतिक अवस्था, पार्टी एकता तथा ध्रुवीकरण, महाधिवेशनको मिति तय, प्रतिनिधि छनोट कार्यविधि लगायत विषयमा छलफल हुने सचिवालय सदस्य हरिबोल गजुरेलले जानकारी दिएका छन् ।
असोज ९–१० गते सम्पन्न केन्द्रीय समिति बैठकले केन्द्रीय समिति विघटन गरी महाधिवेशन आयोजक समितिमा रूपान्तरण गरेको थियो ।
अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको संयोजकत्वमा आगामी मङ्सिर अन्तिम हप्ता विशेष महाधिवेशन गर्ने निर्णय गरेको थियो । अध्यक्ष प्रचण्डले विशेष महाधिवेशन भनिए पनि एकता महाधिवेशन पनि हुनसक्ने बताएका थिए ।

दाक्सु मिडिया








तपाईको प्रतिक्रिया दिनुहोस्