प्रतिनिधिसभा निर्वाचनका लागि अस्थायी मतदाता को–को ?

DaksuMedia दाक्सु मिडिया
|
२०८२ पुष १२

काठमाडौं : आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन आयोगले अस्थायी मतदाता हुने समूह तोकेको छ। अन्तिम मतदाता नामावलीमा नाम भएका सरकारी कर्मचारी (संघ, प्रदेश, स्थानीय तह) तथा सरकारको स्वामित्व वा नियन्त्रणमा रहेका संस्थामा कार्यरत कर्मचारी अस्थायी मतदाता हुनेछन्।

त्यसैगरी, ब्यारेकमा रहेका नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, कारागारका थुनुवा–कैदी, निर्वाचनमा खटिने कर्मचारी र सुरक्षाकर्मी पनि अस्थायी मतदातामा पर्छन्। सरकारद्वारा सञ्चालित वा स्वीकृत वृद्धाश्रममा बस्ने व्यक्ति र संवैधानिक निकायका प्रमुख तथा पदाधिकारी पनि यस सूचीमा समावेश छन्।

अस्थायी मतदाता नामावली संकलन र व्यवस्थापनका लागि केन्द्र र जिल्लामा समन्वय समिति गठन गरिनेछ। सम्बन्धित निकायले कर्मचारी विवरण संकलन गरी निर्वाचन कार्यालयमा पठाउने व्यवस्था गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *