च्यासलमा एमाले सचिवालय बैठक, नेताहरूको कार्यविभाजन टुंग्याइँदै

DaksuMedia दाक्सु मिडिया
|
२०८३ आश्विन ८

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बिहान पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्दैछ। बैठकमा नेताहरूको जिम्मेवारी बाँडफाँट तथा पार्टीका विभिन्न संरचनालाई पूर्णता दिने विषयमा छलफल हुने भएको छ।

सचिवालयले कार्यविभाजनको प्रस्ताव पारित गरी केन्द्रीय कमिटी बैठकमा पेश गर्ने तयारी गरेको छ। बैठकबाट स्थायी कमिटी र पोलिटब्यूरो सदस्यको टुंगो लगाउनुका साथै विभिन्न विभाग तथा भौगोलिक र गैरभौगोलिक कमिटीका सहइन्चार्ज तोक्ने तयारी छ।

निर्वाचन समीक्षा प्रतिवेदनका सुझावअनुसार केही पार्टी कमिटी र जनसंगठनसम्बन्धी विषयमा समेत छलफल हुने जनाइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *