तनहुँमा ८,३६६ नयाँ मतदाता थपिए

DaksuMedia दाक्सु मिडिया
|
२०८२ मंसिर ७

तनहुँ ।  आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि तनहुँमा ८,३६६ नयाँ मतदाता थपिएका छन्।

असोज ९ देखि मङ्सिर ५ गतेसम्म चलेको दर्ता अभियानमा ३,२०० जनाले कार्यालयमा पुगेर र ५,१६६ जनाले राष्ट्रिय परिचयपत्रमार्फत अनलाइन दर्ता गरेका हुन्।

जिल्लामा हाल दुई लाख ४७ हजार ४ मतदाता रहेका छन्। साथै ऋषिङ गाउँपालिकाका दुई विद्यालयमा थप दुई मतदान केन्द्र सिफारिस गरिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *