|
२०८३ आश्विन ८
काठमाडौं । २०औँ एसियाली खेलकुद (एसियाड) अन्तर्गत महिला कबड्डीमा नेपालले आज समूह चरणको अन्तिम खेल खेल्दैछ। नेपालले नेपाली समयअनुसार दिउँसो २ बजे श्रीलंकासँग प्रतिस्पर्धा गर्नेछ।
नेपालले यसअघि दुई खेलमध्ये एकमा जित र एकमा हार बेहोरेको छ। पहिलो खेलमा थाइल्यान्डलाई ४६–४३ ले हराएको नेपाल दोस्रो खेलमा चाइनिज ताइपेइसँग ३७–१८ अंकले पराजित भएको थियो।
समूह ‘बी’ मा चाइनिज ताइपेइले दुवै खेल जितेको छ भने थाइल्यान्ड र नेपालले समान एक–एक जित हात पारेका छन्। श्रीलंकाले भने दुवै खेल गुमाएको छ।
श्रीलंकाविरुद्धको खेल नेपालका लागि सेमिफाइनल प्रवेशका दृष्टिले महत्वपूर्ण रहेको छ। अघिल्लो एसियाडमा नेपालले महिला कबड्डीमा कास्य पदक जितेको थियो।


दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्