डोल्पाको जुफाल विमानस्थलमा सीता एयरको जहाज दुर्घटना, सबै यात्रु सकुशल

DaksuMedia दाक्सु मिडिया
|
२०८३ आश्विन ८

काठमाडौं । डोल्पाको जुफाल विमानस्थलमा सीता एयरको जहाज अवतरणका क्रममा दुर्घटनामा परेको छ। बिहीबार बिहान ८ः२५ बजे नेपालगञ्जबाट डोल्पा पुगेको जहाज अवतरण गर्ने क्रममा पछाडितर्फको दायाँ पाङ्ग्रा खुस्किएपछि दुर्घटना भएको हो।

डोल्पाका सहायक प्रमुख जिल्ला अधिकारी रामदत्त चौलागाईका अनुसार जहाजमा सामान्य क्षति भएको छ। जहाजमा रहेका सबै यात्रु भने सकुशल छन्।

उनका अनुसार जहाजमा चालक दलसहित १३ जना यात्रु थिए। यात्रुमध्ये ११ जना पुरुष र ७ जना विदेशी नागरिक रहेका छन्।

घटनापछि प्राविधिक टोलीले जहाजको अवस्था जाँच गरिरहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *