काठमाण्डौँ । आगामी फागुन २१ गतेको निर्वाचनका लागि मतदाता नामावलीमा नाम दर्ता गर्ने मानिसहरूको भीड लाग्न थालेको छ । काठमाण्डौँ उपत्यका लगायतका विभिन्न जिल्ला निर्वाचन कार्यालयमा मानिसहरूको भीड लाग्ने गरेको हो ।
निर्वाचन आयोगले देशका जुनसुकै निर्वाचन कार्यालयबाट पनि मतदाता नामावलीमा नाम दर्ता गर्न सकिने जनाएसँगै मतदाताको भीड बढेको हो ।
निर्वाचन आयोगको अनलाइनमा फारम भरेपछि उक्त फारमका आधारमा जहाँसुकै गएर फोटो र बायोमेट्रिक दिन सकिने आयोगको सूचनामा उल्लेख छ । फागुन २१ गते हुने निर्वाचनका लागि आयोगले कात्तिक मसान्तसम्म मतदाता नामावली सङ्कलन गर्ने जनाएको छ ।
निर्वाचन आयोगका अनुसार काठमाडौँको मिनभवनस्थित जिल्ला निर्वाचन कार्यालय, ललितपुरको जावलाखेलस्थित जिल्ला निर्वाचन कार्यालय र भक्तपुरको सल्लाघारी सिर्जनानगरस्थित जिल्ला निर्वाचन कार्यालयमा गई फोटो खिचाउन र बायोमेट्रिक दिन सकिनेछ ।

दाक्सु मिडिया




तपाईको प्रतिक्रिया दिनुहोस्