|
२०८३ आश्विन ८
काठमाडौं । काठमाडौं उपत्यकासहित देशका अधिकांश क्षेत्रमा वर्षा भइरहेको छ। पाल्पा र कपिलवस्तुमा तुलनात्मक रूपमा बढी वर्षा भएको जनाइएको छ।
लुम्बिनी र गण्डकीका केही क्षेत्रमा भारी वर्षा हुँदा खोलानालामा जलसतह बढिरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आजदेखि वर्षा थप सक्रिय हुने र केही स्थानमा मुसलधारे वर्षा हुनसक्नेछ।
कोशी, बागमती, गण्डकी, मधेश र लुम्बिनीका केही क्षेत्रमा भारी वर्षाको सम्भावना रहेकाले आइतबारसम्म आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।


दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्