|
२०८२ आश्विन ९
काठमाण्डौँ । निर्वाचन आयोगले आगामी कात्तिक मसान्त (कात्तिक ३०) सम्म मतदाता नामावली सङ्कलन र अद्यावधिक गर्ने निर्णय गरेको छ ।
आयोगको बिहीबार बसेको बैठकले आगामी कात्तिक मसान्तसम्म मतदाता नामावली सङ्कलन गर्ने निर्णय गरेको आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले जानकारी दिएका छन् ।
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि आयोगले अध्यादेशमार्फत मतदाता नामावली सङ्कलन गर्न बाटो खोलिदिन सरकारलाई आग्रह गरेअनुसार सरकारले उक्त बाटो खोलिदिएको थियो ।
दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्