आगामी प्रतिनिधिसभा निर्वाचनका लागि सरकारद्वारा ४ अर्ब ९६ करोड बजेट स्वीकृत

DaksuMedia दाक्सु मिडिया
|
२०८२ कार्तिक २९

काठमाण्डौ । सरकारले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि ४ अर्ब ९६ करोड रुपैयाँ बजेट स्वीकृत गरेको छ। निर्वाचन आयोगले यसअघि साढे ७ अर्ब रुपैयाँभन्दा बढी माग गरेको थियो।

आयोगका अनुसार हाललाई ४ अर्ब ९६ करोड रुपैयाँ स्वीकृत गरिएको छ । आवश्यकता परे आगामी चरणमा थप बजेट उपलब्ध गराइने सरकारको प्रतिबद्धता रहेको छ। आवश्यकताअनुसार थप रकम प्रदान गर्ने विषयमा दुवै पक्षबीच सहमति बनेको बताइएको छ।

हाल स्वीकृत रकम पहिलो चरणका तयारी तथा व्यवस्थापनका लागि प्रयोग गरिनेछ। आयोगका अनुसार निर्वाचनका तयारी, व्यवस्थापन तथा प्राविधिक कार्यका लागि यो बजेट खर्च हुने छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *