|
२०८३ असार २
काठमाडौं, असार २ — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो नेतृत्व र नीतिका कारण इजरायललाई ठूलो सहयोग पुगेको दाबी गरेका छन्। उनले आफू नभएको भए इजरायलको अस्तित्व र सुरक्षा अवस्था अहिलेको जस्तो नहुने टिप्पणी गरेका हुन्।
फ्रान्समा आयोजित जी–७ सम्मेलनका क्रममा बोल्दै ट्रम्पले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुसँग आफ्नो सम्बन्ध राम्रो रहेको बताए। तर उनले लेबनान र क्षेत्रीय विषयमा इजरायलले थप जिम्मेवार भएर अघि बढ्नुपर्ने धारणा राखे।
ट्रम्पले मध्यपूर्वमा आफ्नो सक्रिय भूमिकाका कारण इजरायलमाथि थप संकट आउन नपाएको दाबी गर्दै इरानसँगको सम्भावित सम्झौतामा समेत सावधानी आवश्यक रहेको बताए।


दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्