|
२०८३ बैशाख २९
काठमाण्डौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरानबिच महिना दिनदेखि जारी युद्धविराम ठुलो ‘लाइफ सपोर्ट’ मा रहेको बताएका छन् ।
ओभल अफिसमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै ट्रम्पले युद्धविराम कायम रहे पनि यो ‘अत्यन्तै कमजोर’ अवस्थामा पुगेको टिप्पणी गरेका हुन् ।
इरानले आइतबार युद्ध अन्त्य गर्न र स्ट्रेट अफ होर्मुज खुला गर्नका लागि पठाएको १४ बुँदे प्रति प्रस्तावलाई ट्रम्पले ‘पूर्ण रूपमा अस्वीकार्य’ र ‘रद्दीको टुक्रा’ भन्दै खारेज गरिदिएका छन् । उनले इरानी नेताहरूलाई ‘अत्यन्तै अपमानजनक मानिस’ को संज्ञा दिँदै उनीहरूले बारम्बार आफ्नो कुरा फेर्ने गरेको आरोप लगाए।
ट्रम्पको टिप्पणी लगत्तै इरानी संसद्का सभामुख मोहम्मद गालिबाफले सामाजिक सञ्जाल एक्समा लेख्दै इरानी सशस्त्र बल कुनै पनि आक्रमणको जवाफ दिन र ‘पाठ सिकाउन’ तयार रहेको चेतावनी दिएका छन् ।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्