हर्मुज जलमार्गबारे इरानको प्रतिबद्धता, विश्वासघात भए संवाद रोकिने ट्रम्पको संकेत

DaksuMedia दाक्सु मिडिया
|
२०८३ असार ११

काठमाडौँ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले हर्मुज जलमार्गबाट आवतजावत गर्ने जहाजहरूबाट कुनै अतिरिक्त शुल्क वा कर नलिने जानकारी दिएको बताएका छन्।

सामाजिक सञ्जाल ट्रुथ सोसलमा प्रतिक्रिया दिँदै ट्रम्पले उक्त प्रतिबद्धता पूरा नभए अमेरिका र इरानबीच जारी वार्ता तत्काल प्रभावित हुन सक्ने चेतावनी दिएका हुन्। उनले केही सञ्चारमाध्यमले प्रकाशित गरेका समाचारहरू तथ्यसँग नमिल्ने दाबी पनि गरे।

हाल दुवै देशबीच सुरक्षा र सम्बन्ध सुधारका विषयमा छलफल चलिरहेका बेला ट्रम्पको यो अभिव्यक्तिलाई कूटनीतिक रूपमा महत्वपूर्ण मानिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *