रसुवा । रसुवाको कोलडाँडामा पहिरोले एउटा घर पुरिँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । पहिरोमा परी एक जना बेपत्ता भएका छन् ।
निरन्तरको वर्षापछि आएको पहिरोले नौकुण्ड गाउँपालिका–५ कोलडाँडामा बुधबार राती श्यामबहादुर घलानको घर परेको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ ।
पहिरोमा परी श्यामबहादुरकी श्रीमती ३२ वर्षीया कमला घलान, ११ वर्षीया सोकिता घलान, ८ वर्षीया सुकुमाया घलान र ७ वर्षीय आशिष घलानको पुरिएर मृत्यु भएको हो ।
श्यामबहादुरकी श्रीमती र दुई जना बच्चाको शव फेला परिसकेको र अर्को एक जनाको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय रसुवाका प्रमुख देवेन्द्र पाण्डेले जानकारी दिनुभयो ।
घाइते गलानको नुवाकोटको त्रिशूली अस्पतालमा प्राथमिक उपचार गरी थप उपचारका लागि काठमाडौंको ट्रमा सेन्टरमा पठाइएको पनि प्रहरीले जनाएको छ ।
घटनास्थल सदरमुकाम धुञ्चेबाट करिब ५० किलोमिटर दक्षिणतर्फ ठूलोभोर्ले र धुसेनी गाउँको बिचमा पर्दछ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया