जाजरकोटमा पहिरोले दुईको अवस्था अज्ञात, सात घाइते

DaksuMedia दाक्सु मिडिया
|
२०८३ श्रावण ३१

काठमाडौँ । जाजरकोटमा परेको भारी वर्षापछि आएको पहिरोले मानवीय क्षति निम्त्याएको छ। भेरी नगरपालिका–२ रिसाङमा पहिरो जाँदा दुई जना बेपत्ता भएका छन् भने सात जना घाइते भएका छन्।

प्रहरीका अनुसार बेपत्ता हुनेमा ५४ वर्षीय उमासिंह खत्री र ७० वर्षीय भीमबहादुर कार्की छन्। घाइतेमध्ये रामबहादुर शाहीको अवस्था गम्भीर रहेको र उनलाई थप उपचारका लागि नेपालगन्ज पठाइएको छ।

पहिरोका कारण भेरी–३ मा एउटा दुईतले कच्ची घर पूर्ण रूपमा भत्किएको छ। त्यस्तै, दुईवटा टिनका अस्थायी टहरा पनि पहिरोले बगाएको प्रहरीले जनाएको छ। बेपत्ताको खोजी तथा उद्धारका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली परिचालन गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *