|
२०८१ असार १२
काठमाडौँ : लमजुङमा पहिरोमा परी बेपत्ता भएकामध्ये एकजनाको शव फेला परेको छ। लगातारको वर्षाका कारण राति गएको पहिरोमा परी बेपत्ता भएका ७० वर्षीय भिम बहादुर घलेको शव फेला परेको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी नायब उपरिक्षक एवं प्रवक्ता मेघनाथ चापागाईंले बताए।
लमजुङको क्व्होलासोथार गाउँपालिका–३ मा गयराति पहिरोले ३ वटा घर बगाउँदा एकै परिवारका ४ जना बेपत्ता भएका थिए। जसमा ७० वर्षीय भिमबहादुरको शव आज बिहान फेला परेको हो।
प्रहरी प्रवक्ता चापागाईंका अनुसार भिमबहादुरका ३६ वर्षीया बुहारी, अन्दाजी ७–८ वर्षकी र ४–५ वर्षकी दुईजना नातिनी अझै बेपत्ता छन्। उनीहरूको खोजीको प्रयास भइरहेको छ। यता, लमजुङमा अझै पानी परिरहेका कारण उद्धार र खोजी कार्य प्रभावित बनिरहेको पनि उनले बताए।
दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्