मनसुन सक्रिय, आज धेरै स्थानमा वर्षा हुने सम्भावना

DaksuMedia दाक्सु मिडिया
|
२०८३ श्रावण १९

काठमाडौँ : देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले आज अधिकांश क्षेत्रमा बदली रहने अनुमान गरिएको छ। मौसमविद्का अनुसार पहाडी भूभागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुन सक्ने सम्भावना रहेको छ। हिमाली तथा तराईका केही क्षेत्रमा पनि वर्षा हुने पूर्वानुमान गरिएको छ।

विशेषगरी कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने जनाइएको छ। त्यसैगरी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही पहाडी तथा तराई क्षेत्र पनि भारी वर्षाको जोखिममा रहेका छन्।

निरन्तर वर्षाका कारण नदी तथा खोलामा पानीको सतह बढ्न सक्ने, पहाडी क्षेत्रमा पहिरो जान सक्ने र सडक यातायात प्रभावित हुन सक्ने भएकाले सम्बन्धित क्षेत्रका बासिन्दालाई आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ। यात्रामा निस्कनेहरूले मौसमको अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न मौसमविद्ले सुझाव दिएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *